लोक सेवाको परीक्षा निर्धारित मितिमै « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

लोक सेवाको परीक्षा निर्धारित मितिमै


१८ असार २०७६, बुधबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । स्थानीय तहमा कर्मचारी पूर्ति गर्न विभिन्न पदका लागि गरिएको विज्ञापन अनुसार तोकिएकै समयमा सबै परीक्षाहरू हुने लोक सेवा आयोगले जनाएको छ।

मङ्गलवार रातीदेखि दरखास्तको समय सकिएको र सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले पूर्ववत् तालिका अनुसार प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

गत जेठ १५ गते ५ सय १५ वटा स्थानीय तहका लागि लोकसेवाले झन्डै ९ हजार पदको विज्ञापन गरेको थियो।

प्रदेश लोक सेवा आयोगहरू गठन भइ नसेकेकाले स्थानीय तहका लागि आवश्यक कर्मचारी पूर्ति गर्न आयोगले केन्द्रीय स्तरबाटै विभिन्न पदहरूको विज्ञापन गरेको थियो। उक्त विज्ञापन समानुपातिक समावेशी सिद्धान्त विपरित भएको भन्दै विरोध भएपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले त्यसलाई रद्द गर्न निर्देशन दिएको थियो।

तर सर्वोच्च अदालतमा पुगेको उक्त विषयमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लोकसेवा आयोगका लागि प्रक्रिया अघि बढाउने बाटो खुलेको हो ।

दोबर दस्तुर तिरेर फारम भर्ने समय सीमा सकिन एक दिन मात्र बाँकी हुँदा सर्वोच्चको आदेश आएकाले सबै पदका लागि तोकिएकै कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस