जागिर लगाइदिने भन्दै लाखौं ठगीको आरोपमा प्रधानाध्यापक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जागिर लगाइदिने भन्दै लाखौं ठगीको आरोपमा प्रधानाध्यापक पक्राउ


१६ असार २०७६, सोमबार


pakrau

बारा । बाराबा ठगीको आरोपमा एक स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् ।

विद्यालयमा जागिर लगाइदिने भन्दै लाखौं ठगीको आरोपमा जितपुर सिमरा–८को श्री सामुदायिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार ठाकुर पक्राउ परेका हुन् ।

ठाकुरले विद्यालयमा शिक्षकको जागिर लागाइदिने भन्दै दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

४३ वर्षीय ठाकुरले यसअघि २० जनालाई जागिर लगाइदिने आश्वासन दिँदै ठगेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

पक्राउ परेका शिक्षकविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस