२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

अ+ अ-

सिञ्जा । जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गतेका दिन चार दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय काडागाउँका शिक्षक घनश्याम बुढाले बताए । विद्यालय बन्द हुँदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । यता सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।

विद्यालय बन्द हुँदा विद्याथीको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उनले आग्रह गरे । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने रावलको भनाइ छ । यता आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस