२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समाजवाद आकाशबाट झर्दैन’ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिक नेतृत्वको सक्रियताले समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि सूचक तय भएको बताएका छन् ।

मदन भण्डारी जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीले आज बुटवलमा आयोजना गरेको समाजवादउन्मुख अर्थतन्त्र विषयको प्रदेशस्तरीय विचार गोष्ठीमा उनले भने, ‘समाजवाद आकाशबाट झर्ने चिज होइन । यो हामीले गर्ने काममा भर पर्छ ।’

अन्य देशमा क्रान्तिका माध्यमबाटै समाजवाद निर्माण भएको बताउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘बुर्जुवा शक्तिलाई निषेधित नगरी राजनीतिक क्रान्तिका माध्यमबाट जनताको बहुदलीय जनवाद स्थापित गर्ने विचार मदन भण्डारीको हो । यो कुरालाई अहिलेको पार्टीले स्वीकारेको छ ।’

‘हामी पूँजीको विकास गर्न चाहान्छौँ तर स्वछन्दरुपमा पूँजीको विकास हुन दिदैनौँ’, पोखरेलले भने, ‘पूँजीलाई छुट पनि दिने नियन्त्रण पनि गर्ने हो । सरकारको तीन खम्बे सहकारी नीति यसैका लागि हो । ‘

उनले पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने नेकपाको मान्यता रहेकाले विपक्षी पार्टी कांग्रेसँग अन्तरविरोध हुने गरेको धारणा राखे । ‘व्यस्थापकीय कमजोरीले थला परेका उद्योग कांग्रेसले निजीकरण गर्‍यो तर नेकपाको नीतिअनुसार थला परेको उदयुपर सिमेन्ट, टेलिकम, सरकारी बैंकले अहिले नाफा दिन थाले’, उनले भने, ‘उत्पादनशील क्षेत्रमा राज्यको सामथ्र्य जोगाउने काम नेकपाको नीतिले गरेको छ ।’

नेकपाका जिल्ला अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नेकपाले मुलुकको समृद्धि र सुदृढीकरणको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई उपलब्धिमा बदल्ने बताए ।

नेकपाका प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, नेकपा नेता बलबहादुर आचार्य, धु्रव आचार्य, फाउण्डेशनका प्रदेश अध्यक्ष सूर्य ढकाललगायतले सरकारले गरेका राम्रा कामको प्रचार नगर्ने तर साना कमजोरीलाई लिएर प्रचारबाजी गर्ने काम भइरहेकाले त्यसप्रति सचेत हुन नेतृत्वलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस