एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी सकिन्छ हेर्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी सकिन्छ हेर्न


१२ असार २०७६, बिहिबार


परीक्षाफल

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै आज नतिजा सार्वजनिक भएको हो । बुधबार नै एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको भए पनि प्राविधिक त्रुटिका कारण प्रकाशित हुन सकेको थिएन ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

कसरी हेर्ने नतिजा ?
परीक्षा नियन्त्रण कार्यालयका अनुसार वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा थाहा पाउन सकिनेछ ।

परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np बाट हेर्न सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ।

नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ।

जस्तै: seesymbol No  टाइप गरी १६०० मा सन्देश पठाउने। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ।

यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस