पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध


१२ असार २०७६, बिहिबार


धादिङ । पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमे पछि राजमार्ग अवरुद्ध भएको हो ।

लेदोमा केही सवारीसाधन समेत फँसेको बताइएको छ ।

राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बताइएको छ ।

अवरुद्ध खुलाएन राजमर्गमा डोजर लगाइएको छ । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन् ।

रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस