२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङ नगरपालिकाको बजेट एक अर्ब

अ+ अ-

बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब एक करोड ५७ लाख ५४ हजार १५४ अनुमानित बजेट सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको पाँचौँ नगरसभामा आज नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।

नगरपालिकाले नगरको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र सेवा प्रभावलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरपालिकामा विनियोजित बजेटको स्रोतअन्तर्गत संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको रु १६ करोड ४७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु एक करोड ३० लाख ५५ हजार, संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदानतर्फ रु ३६ करोड ३४ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट रु ११ करोड ५९ लाख १२ हजार १५४, प्रदेश सरकारबाट राजश्व बाँडफाँटतर्फ रु ८१ लाख छ हजार, घरजग्गा रजिट्रेशनबाट प्राप्त रु एक करोड ५० लाख, ढुङ्गागिट्टी बालुवाबाट रु एक करोड ४० लाख, स्थानीय करबाट रु पाँच करोड र नगर विकास कोषबाट प्राप्त हुने ऋण तथा अनुदानबाट प्राप्त रु ५ करोड रहेको उल्लेख गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकासमा रु १२ करोड ७६ लाख २१ हजार, आधुनिक बसपार्क निर्माणका लागि रु पाँच करोड १५ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड २४ लाख ७५ हजार, गुणस्तरीय शिक्षा कार्यक्रमका लागि रु दुई करोड ५० लाख, उद्यम तथा रोजगारका लागि रु एक करोड ६० लाख ७७ हजार, खानेपानीका लागि रु एक करोड ६५ लाख, कृषि क्याम्पस सञ्चालनका लागि रु ९० लाख, पशु विकास कार्यक्रमका लागि रु २८ लाख ७८ हजार, पर्यटन प्रवर्द्धनमा रु ८३ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै युवा तथा खेलकूद कार्यक्रमका लागि रु ३४ लाख, गोविन्द अधिकारी छात्रावृत्ति कार्यक्रमका लागि रु २० लाख, स्वास्थ्यका लागि रु ५७ लाख र जनता आवास कार्यक्रमका लागि रु १५ लाख विनियोजन गरिएको छ । नगरका १४ वडामा विभाजित नगरपालिकाले सबै वडालाई रु सात करोड ९३ लाख विनियोजन गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको कूल बजेटमध्ये रु ७१ करोड ९२ लाख ९१ हजार १५४ चालू खर्च तथा रु २३ करोड ३७ लाख ६३ हजार पूँजीगत खर्च रहन आउँछ ।

नगरपालिकाले रोजगार प्रवद्र्धन कार्यक्रम, वीरशाली पन्त स्मृति साहित्य पुरस्कार, विकास पत्रकारिता पुरस्कार, गरीबसँग मेयर कार्यक्रम, नेवारी संस्कृति संरक्षण, शव वाहन खरीद तथा बाल विकास सहजकर्तालाई रकम थप र कर समायोजनजस्ता बजेट तथा कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस