२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : करीब तीन अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०.०२ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बीमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बीमा ११.१८ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड रु चार करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक रु दुई करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रु दुई करोड ४१ लाख ५ हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको रु एक करोड ४४ लाख ४९ हजार ७२४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९५, आइएमइ जनरल इन्स्योरेन्स ६.९५, पाँचथर पावर कम्पनी ६.४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४.७५ र अरुण काबेली पावर कम्पनीका शेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.३६, आशा लघुवित्त वित्तीय संस्था ४.१७, सिद्धार्थ इन्स्योरेन्स ३.१३ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६६ प्रतिशतले गुमाए ।