हुन्डी कारोवार गर्ने २ भारतीयसहित आठ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हुन्डी कारोवार गर्ने २ भारतीयसहित आठ जना पक्राउ


९ असार २०७६, सोमबार


pakrau

वीरगञ्ज । अवैध हुन्डी कारोवार गरिरहेको अवस्थामा २ भारतीयसहित आठ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेका छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी रु ४१ लाख ९२ हजार र दुई किलो ९० ग्राम चाँदीसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अन्नतराम शर्मा बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस