टियुलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय भनेर प्रचार गरिन्छ तर के का आधारमा ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टियुलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय भनेर प्रचार गरिन्छ तर के का आधारमा ?


९ असार २०७६, सोमबार


त्रिभुवन विश्व विद्यालय सायद विश्वकै अविवेकी, अव्यवारिक र निरंकुश सोच भएको विश्वविद्यालय होला । सबै क्षेत्रीय कार्यालयबाट फारम भराउने अनि परीक्षा चाहिँ काठमाडौँमा ?

एक हजार तीनसयमा फारम भरेको विद्यार्थीले जाँच लेख्नकै लागि ५०,००० भन्दा बढी खर्च गर्नुपर्ने ?

ब्याक पेपर समेतको जाँच क्षेत्रीय स्तरमा हुँदा हजारौँ विद्यार्थीको नियमित जाँच काठमाडौँमा गर्नुपर्ने कारण के होला ?

लोक सेवाले स्थायी जागिर खाने कर्मचारीको जाँच एउटा अञ्चल कार्यालयले गर्न सक्ने तर एउटा सामान्य डिग्रीको जाँच टियुले काठमाडौँमा गर्नुपर्ने ?

हरेक युनिभर्सिटी, आयोग र संस्थान आदिले फारम भरेकै बखत केन्द्र तोक्न सक्ने तर टियुले जाँचको ३ दिन अगाडि केन्द्र तोक्ने किन ?

मेरो परिवारका ४ जनाले ताप्लेजुङबाट ३ दिनको बिचमा काठमाडौँ पुगेर प्रवेश पत्र लिएर केन्द्र पत्ता लगाएर जाँच कसरी लेख्ने ? अनि खर्च कसरी व्यवस्थापन गरौँ ?

एउटा ट्रान्सक्रिप्ट निकाल्न जाँदा भोग्नुपर्ने सास्ती तथा कर्मचारीको हप्कीदप्की खेप्नुपर्ने कति होलान् ?

यसका अलावा अन्य विषयका कमीकमजोरी उल्लेख गर्ने हो भने एउटा गतिलो थेसिस बन्न सक्छ । विश्कै उत्कृष्ट विश्वविद्यालय भएको भनेर प्रचार गरिन्छ तर के का आधारमा ?

यी यावत कुराहरू ती व्यवस्थापकहरूलाई थाहै नभएको हो कि, केन्द्रीकृत सोच र हुकुमीशैलिमा परिवर्तन आउन नसकेको हो ? अनि विद्यार्थी सङ्गठनका टाउकेहरू के गरिराछन् र कसका लागि ?

सबै मिलेर यी र यस्ता विकृति विसङ्गतिको विरोध र भण्डाफोर गरौँ र हाम्रो विश्वविद्यालयलाई साँच्चिके विश्वको उत्कृष्ट बनाउने अभियानमा लागौँ ।

मेरा शब्दहरूले कसैको चित्त दुखेमा र मान मर्दन भएमा माफी चाहन्छु ।

भीष्म सिटौला
आठराई त्रिवेणी–१, निघुरादिन
ताप्लेजुङ ।

प्रतिक्रिया दिनुहोस