एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई समितिको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई समितिको निर्देशन


९ असार २०७६, सोमबार


काठमाडौं । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे छानविन गरी एकसाताभित्त प्रतिवेदन वुझाउन संसदको राज्य व्यवस्था समितिले आज गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

सोमबार बसेको संसदको राज्य व्यवस्था समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिँदै समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

पौडेलको प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा मृत्यु भएको थियो ।

प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षको रहे पनि सांसदहरुले त्यसमा शंका व्यक्त गर्दै सत्य तथ्य छानविनको माग गरेका थिए ।

सोमबारको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद जनार्दन शर्मा (प्रभाकर)ले प्रहरीको रिपोर्टले मुठभेडमा मारिएको बताए पनि जनताको रिपोर्टले मुठभेडमा मारिएको नभन्ने भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेका थिए ।

गृहमन्त्री थापाले फिल्ड रिपोर्टका आधारमा घटनाको छानविन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस