सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ


८ असार २०७६, आइतबार


pakrau

धनगढी । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस