लोक सेवाको विवाद बुधबारका लागि सर्‍यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवाको विवाद बुधबारका लागि सर्‍यो


८ असार २०७६, आइतबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएका लोक सेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ शुरु गरिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ शुरु गरिएको हो । बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि तय भएको छ ।

यसअघि न्यायाधीशद्वय कार्की र डा.खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा सर्वोच्चमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ सिटका लागि गरेको विज्ञापनविरुद्ध चार वटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए । विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस