बर्दियामा बस पल्टिँदा १७ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बर्दियामा बस पल्टिँदा १७ घाइते


८ असार २०७६, आइतबार


बर्दिया । काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियाको बारबर्दिया नगरपालिका—७ रम्भापुरमा पल्टिँदा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान ना ४ ख १३३९ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तरगत रम्भापुरमा पल्टिएको प्रहरीले जनाएको छ ।

सडक देखि करिब ५ मिटरपरपुगेको बसमा सवार ५ जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।

अन्य १२ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उक्त घटना सदरमुकाम गुलरिया देखि २२ किमी उत्तरमा पर्दछ।

Tags :
प्रतिक्रिया दिनुहोस