‘नागरिकलाई सूचना र प्रविधिसँग जोड्नुपर्ने’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘नागरिकलाई सूचना र प्रविधिसँग जोड्नुपर्ने’


प्रशासन संवाददाता

६ असार २०७६, शुक्रबार


धनकुटा । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले शहर बजारसहित ग्रामीण भेगका सबै नागरिकलाई सूचना र प्रविधिसँग जोडेर सवल र सक्षम नागरिक बनाउनुपर्ने बताएका छन् ।

धनकुटामा फाइबर सेवाको आज उद्घाटन गदै उनले सूचना र प्रविधिलाई शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रसँग जोडेर नागरिकलाई सवल तथा सक्षमका साथै सुशासनको अनुभूति गराउनुपर्ने बताए । मुलुकको परिवर्तनसँगै देशमा सञ्चार र प्रविधि क्षेत्रमा निकै प्रगति भएको उल्लेख गर्दै उनले थप विकास गर्नुपर्नेमा जोड दिए ।

प्रदेशलाई डिजिटल प्रदेश बनाउने उद्देश्यका साथ काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री राईले डिजिटल डेस्क स्थापना गरेर सबै स्थानीय तहसँग जोडिने तयारीका साथ काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस