लोक सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्न सांसदहरुको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्न सांसदहरुको माग


५ असार २०७६, बिहिबार


काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले लोकसेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् ।

सांसद रामबहादुर विष्टले बैठकमा बोल्दै बैठकमा बोल्दै लोकसेवा सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्नुपर्ने बताएका छन् । उनले मिडिया विधेयक पनि फिर्ता लिनु पर्ने माग गरेका छन् ।

यस्तै, सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन सांसदहरुले माग गरेका छन् ।

सांसद भरतकुमार शाहले सञ्चार र मानव अधिकारसँग सम्बन्धित विधेयक फिर्ता लिन माग गरे । उनले गुठी विधेयक फिर्ता लिएर सरकारले ढिलै भए पनि राम्रो काम गरेको बताए ।

सांसद महेन्द्रकुमारी लिम्बुले जनस्तरबाट अस्विकृत भइसकेकाले मिडिया लगायतका विधेयक सरकारले फिर्ता लिनुपर्नेबताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस