माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा बेपत्ता ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा बेपत्ता !


४ असार २०७६, बुधबार


ढल

गाईघाट । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई विद्यार्थी  आज नदीले बगाएर बेपत्ता भएका छन् ।

बेपत्ताहुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रवीण राई रहेका छन् । दुबैजना आज बिहान १० बजे सुनकोशी नदीमा माछा मार्न गएका थिए ।

उनीहरुको खोजीकार्य भइरहेको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राईले बताइन् ।

नदीमा बेपत्ता भएका दुबै विद्यार्थीको खोजीका लागि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने खोटाङ र धनकुटास्थित सुनकोशी नदी क्षेत्रका प्रहरीलाई पनि बेपत्ता विद्यार्थीको खोजीका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष राईका अनुसार बेपत्ता हुने देवकुमार बुतुवा माध्यमिक विद्यालयबाट एसइई दिएर बसेको र अर्का प्रवीण कक्षा ९ मा अध्ययनरत विद्यार्थी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस