प्रेश स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रेश स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन


४ असार २०७६, बुधबार


डोटी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले डोटीको दिपायल र सिलगढीमा प्रेश स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गरि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएको छ ।

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राखेर गरिएको आन्दोलनका् विभिन्न चरण अन्र्तगत हस्ताक्षर संकलन गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

उनले भने ‘पूर्ण प्रेस स्वतन्त्रताको ऐजेन्डालाई आघात पुर्याउदै सरकारबाट मिडिया काउन्सिल विधेयक संसदमा दर्ता भयो । हामी यसको विरुद्धमा निरन्तर आन्दोलीत छौ ।’

विधेयको विरुद्धमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार असार ३ गते हस्ताक्षर संकलन, असार ६ गते जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाउने, असार १० गते विधेयक विरुद्ध कार्टुन प्रर्दशनी, असार १५ गते आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई म्यासेज बक्समार्फत् सन्देश पठाएर ध्यानाकर्षण गराउने, असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना, असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस, असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष बलायरले बताए ।

मिडिया काउन्सिल विधेयको विरुद्धमा पत्रकारले देशब्यापी रुपमा गरेको विरोध र आन्दोलनलाई डोटीमा पनि ब्यापारी, नागरिक समाज, राजनितिकदल लगाएतले समर्थन गर्दै आईरहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस