गाउँपालिकाका इन्जिनियर र सव–इन्जिनियर घुस रकम सहित नियन्त्रणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गाउँपालिकाका इन्जिनियर र सव–इन्जिनियर घुस रकम सहित नियन्त्रणमा


प्रशासन संवाददाता

३ असार २०७६, मंगलबार


अख्तियार

भोजपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकामा कार्यरत इन्जिनियर र सवइन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सोही कार्यालयका सव–इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई पक्राउ गरेको हो ।

बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले इन्जिनियर किराँतलाई ५०,००० र सव–इन्जिनियर राईलाई २०,००० लिइसकेको अवस्थामा उनीहरुकै कार्यालय परिसरबाट रकमसहित रङ्गेहात पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

उनीहरुबारे अनुसन्धान भैरहेको अख्तियारका प्रवक्त्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस