विश्वकप क्रिकेट : बंगलादेशद्वारा वेष्ट इन्डिज सात विकेटले पराजित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्वकप क्रिकेट : बंगलादेशद्वारा वेष्ट इन्डिज सात विकेटले पराजित


३ असार २०७६, मंगलबार


काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको छ । बंगलादेशले पहिलो पटक विश्वकप क्रिकेटमा वेष्ट इन्डिजलाइ हराउँदै ठूलो जित हात पारेको छ ।

३२२ रनको लक्षका साथ ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष भेटायो ।

बबंगलादेशका लागि सबै भन्दा बढी शकिब अल हसनले १२४ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे ।

लिटोन टासले ९४ रन, तमिम इकबालले ४८ रन र सौम्या सरकारले २९ रन बनाए । सकिब र लिटोनले १८९ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३२१ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि साई होप शतक बनाउनबाट चुके । उनी १२१ बलमा चार चौका र एक छक्काको मद्दतमा ९६ रन बनाएर आउट भए । त्यस्तै, इभिन लेविसले ७० र सिम्रन हिटम्यरले ५० रन बनाए । कप्तान ज्यासन होल्डरले ३३ रन बनाउँदा निकोलस पुरन २५ रनमा आउट भए ।

वेष्ट इन्डिजको सुरुवात राम्रो थिएन । क्रिस गेल १३ बल खेलेर शून्यमा आउट हुँदा वेष्ट इन्डिजको ६ रन थियो । लेविस र होपले ११६ रनको साझेदारी गर्दै वेष्ट इन्डिजलाई उकासेका थिए ।

बंगलादेशका लागि यो हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य थियो । यसअघि न्यूजिल्याण्डले बंगलादेशलाई २४५ रनको लक्ष्य दिएको थियो ।

बलिङतर्फ बंगलादेशका मोहम्मद सइफुदिन र मुस्ताफिजुर रहमानले समान ३–३ विकेट लिए । त्यस्तै, शकिब अल हसनले दुई विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस