अत्यधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अत्यधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द


२ असार २०७६, सोमबार


School

धरान । अत्यधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ’, विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने । धरानमा पछिल्लो समय डेङ्गुको प्रकोपसमेत फैलिएको छ । डेङ्गुको प्रकोपलाई समेत हेरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आवद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस