प्रधानमन्त्री ओलीद्वारा गुठी विधयकका बिषयमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीद्वारा गुठी विधयकका बिषयमा छलफल


२ असार २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् ।

काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिीसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,साँसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत , जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखेका थिए । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राखेका थिए ।

जनप्रतिनिधीहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस