वर्तमान सरकार जनताप्रति उतरदायी : प्रम ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्तमान सरकार जनताप्रति उतरदायी : प्रम ओली


१ असार २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताप्रति उतदायी भएको बताएका छन् ।

यूरोपको नौ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् । “अबको समय आवेश उत्तेजना र द्वन्द्वको समय होइन’’ प्रधानमन्त्री ओलीले भने, “यो संवाद, सहमति र अग्रगमनको समय हो । ”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताएका छन् । “यो सरकारले जनताको मन दुखाउने होइन जनता हँसाउने काम गर्छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले गुठी विधयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताएका छन् । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथि शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौँ” प्रम ओलीले भने,“तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।”

Tags :
प्रतिक्रिया दिनुहोस