प्रहरीले चलाएको गोली लागेर पोखरामा एक घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीले चलाएको गोली लागेर पोखरामा एक घाइते


२९ जेष्ठ २०७६, बुधबार


पोखरा । पोखरामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१० को उत्तम चोकमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा लागूऔषध कारोबारी घाइते भएका हुन् ।

प्रहरीले ‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणलिएको हो । थापाको बायाँ खुट्टामा गोली लागेको छ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि गोली हानेर पक्राउ गरिएको कार्कीले बताए।

गोली चलाएपछि केही कारोबारीहरू भागेको प्रहरीले जनाएको छ। प्रहरी खोजी कार्यमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस