बम विस्फोटमा परी ६ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बम विस्फोटमा परी ६ जनाको मृत्यु


२८ जेष्ठ २०७६, मंगलबार


कान्दाहार । आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गरेका छन् ।

आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।  बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ ।

कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस