संघीय संसदका ३ सय ३४ सदस्यलाई ल्यापटप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संघीय संसदका ३ सय ३४ सदस्यलाई ल्यापटप


२८ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । संघीय संसदका ३ सय ३४ सदस्यलाई ल्यापटप दिइने भएको छ । सांसदलाई पेपरलेस बनाउन सरकारले ल्यापटप दिने भएको हो ।

जेठ १९ मा १ महिनाको समयावधि राखेर बोलपत्र आह्वान गरिएको थियो ।

सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो ।

संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो ।

यस अघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई मात्र ल्यापटप बाँडिएको थियो । त्यसका लागि गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको थियो ।

यसपटक राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि समेत ल्यापटप किन्न लागिएको हो ।

संसद सचिवालयले हरेक वर्ष क्षमता अभिवृद्धि शीर्षकमा बजेट छुट्याउने गरेको छ ।

आगामी आवको बजेटमा विनियोजन भएको सोही शिर्षकको रकमबाट ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस