दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान


२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न योग्यता तोकेर अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिने म्याद असार ९ गतेसम्म तोकिएको छ । यो पदका लागि ३० वर्षदेखि ६५ बर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

शैक्षिक योग्यता दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक उपाधि हासिल गरेको हुनु पर्ने छ ।

टेलिकम क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव पनि अनिवार्य गरिएको छ ।

सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव हुनुपर्ने छ ।

उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरी नियुक्तिका लागि सिफारिस गरिने छ ।

हाल प्राधिरकणको कार्यवाहक अध्यक्षमा पुरुषोत्तम खनाल छन् ।

यसअघि अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले गत पुसमा राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस