विज्ञापन संविधानसम्मत छ : मन्त्री पण्डित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विज्ञापन संविधानसम्मत छ : मन्त्री पण्डित


२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगकोे विज्ञापन संविधानसम्मत भएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

लोक सेवा विज्ञापन बारे छलफल गर्न बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले लोक सेवाको विज्ञापन जायज भएको बताए ।

मन्त्री पण्डितले जवाफ दिंदै भने, ‘प्रदेश लोकसेवा आयोग गठन नभएकोले ऐन अनुसार लोक सेवा आयोगले नै विज्ञापन गर्ने हो । त्यही अनुरुप विज्ञापन गरिएकाले यो विज्ञापन संविधानसम्मत छ ।’

उनले मन्त्रालयले आफ्नो चाहना अनुसार नभएर स्थानीय तहबाट कर्मचारी माग भइ आएपछि विज्ञापन माग गरिएको स्पष्ट पारेका छन् ।

समितिको बैठक जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस