१. नेपालको पहिलो ग्रामीण सूचना केन्द्र कुन स्थानमा स्थापना भएको हो ?
क. काभ्रे ख. नुवाकोट ग. पर्वत घ. दाङ
२. अन्नपूर्ण संरक्षण क्षेत्र तलका मध्ये कुन जिल्लामा पर्दछ ?
क. लमजुुङ ख. तनहुँ ग. पर्वत घ. माथिका सबै
३. नेपालको कुन ठाउँमा क्रमशःतामा, सुन, फलाम र कोइला पाइन्छ ?
क. कुलेखानी, कालिगण्डकी, फुलचोकी, चितवन
ख. कुलेखानी कालिगण्डकी प्युठान पाल्पा
ग. चोभार कालिगण्डकी सल्यान प्युठान
घ. कुलेखानी कालिगण्डकी सल्यान पाल्पा
४. हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्ला हुन ?
क. जुम्ला र हुम्ला ख. मनाङ र मुस्ताङ
ग. डोल्पा र मुगु घ .डोल्पा र हुम्ला
५ नेपालको कूल क्षेत्रफलको कति प्रतिशत भाग हिमाली प्रदेशले ओगटेको छ ?
क. २१ ख. १७ ग. १८ घ. १९
६ नेपालको चुरे पर्वतको सर्वोच्च चुचुरो कुन हो ?
क. चुला चुली ख. दाउन्ने ग. हिडिम्वा घ. गार्वा
७. मेची नदी नेपालको…………नदिहो, यसलाई भारतमा प्रवेश गरेपछि …………. नदिका रूपमा चिनिन्छ ।
क प्हिलो स्तर –महानन्दा ख पहिलो स्तर– दामोदर
ग दोस्रो स्तर– महानन्दा घ दोस्रो स्तर–दामोदर
८ सबैभन्दा बढी उचाइमा रहेको नेपालको जिल्ला सरदमुकाम कुन हो ?
क. मुसिकोट ख. जुम्ला खलङ्गा ग. सिमिकोट घ. जोमसोम
९. लोक्ताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
क. पर्वत ख. मुस्ताङ ग. बागलुङ घ. म्याग्दी
१० यारी भञ्ज्याङ कुन जिल्लामा पर्छ ?
क.दोलखा ख.हुम्ला ग. डोल्पा घ. दार्चुला
११. तिरीछो ताल कुन जिल्लामा पर्दछ ?
क. मुस्ताङ ख. म्याग्दी ग. लमजुङ घ. मनाङ
१२. क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठुलो नगरपालिका कुन हो ?
क. शितगंगा अर्घाखाँची ख. त्रियुगा, उदयपुर ग. परशुराम, डडेल्धुरा घ. बाणगंगा, कपिलवस्तु
१३ . विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?
क दाङ ख पोखरा ग काठमाडौँ घ. अरुण
१४. सगरमाथा दिवस कहिले मनाईन्छ ?
क. अप्रिल२ ख. अप्रिल २९ ग. मे २ घ. मे २९
१५. खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?
क. १७१० वर्ग कि.मि. ख. २२५ वर्ग माइल
ग. १७१० वर्ग माइल घ. २२५ वर्ग कि.मि.
१६. भैरहवा कुन हावपानी पाइने स्थान हो ?
क. उष्ण मनसुनी हावापानी ख. न्यानो समशीतोष्ण हावापानी
ग. ठण्डा समशितोष्ण हावापानी घ. लेकाली हावापानी
१७. नेपालको तराई क्षेत्रको वन प्रति वर्ष कति प्रतिशतले विनाश हुँदै गएको देखाएको छ ?
क. ०.७ हेक्टर ख. १.३ हेक्टर ग. १.५ हेक्टर घ. २ हेक्टर
१८. नेपालका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रले कति प्रतिशत क्षेत्रफल ओगटेको छन् ?
क. २१.७ प्रतिशत ख. २२.३ प्रतिशत ग. २३.३ प्रतिशत घ. २७.४ प्रतिशत
१९. नेपालमा कति प्रकारका पारिस्थितिकिय प्रणाली पाइन्छन् ?
क. १११ ख. ११४ ग. ११७ घ. ११८
२०. नेपालमा पाइने जम्मा पारिस्थितिकिय प्रणाली मध्ये कति ओटा संरक्षित क्षेत्रभित्र पर्दछन् ?
क. ८० ख. ९० ग. १०० घ. ११४
२१. नेपाल सरकारले समृद्धिका लागि वन भनी कहिले देखि कहिले सम्म वन दशक मनाउने निर्णय गरेको छ ?
क. २०७१— २०८० ख. वि.स.२०७१—२०८०
ग. वि.स.२०७५—२०८४ घ. वि.स. २०७६ — २०८५
२२. गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ र आय वृद्धिमा योगदान हुने गरी ‘कबुलियती वन गरिबको धन’ कार्यक्रम कति जिल्लामा विस्तार गरिएको छ ?
क. ३५ जिल्ला ख. ३६ जिल्ला ग. ३८ जिल्ला घ. ३९ जिल्ला
२३. तलका मध्ये कुन राष्ट्रिय निकुञ्ज वि.स.२०३२ सालमा स्थापना गरिएको होइन ?
क. फोक्सुन्डो ख. सगरमाथा ग. बर्दिया घ. लाङटाङ राष्ट्रिय निकुञ्ज
२४. विश्व सम्पदा सूचीमा सूचीकृत भएको नेपालको सबैभन्दा जेठो राष्ट्रिय निकुञ्ज कुन हो ?
क. बर्दिया ख. रारा ग. सगरमाथा घ. चितवन
२५. हाल नेपालमा प्रतिहेक्टर रुख सङ्ख्या कति छन् ?
क. १२० ख. २३० ग. ३३० घ. ४३०
२६. तलका मध्ये नेपालको संरक्षित पंक्षी कुन होइन ?
क. सारस ख. रातो सारस ग. सेतो सारस घ. मुनाल
२७. नेपालमा कति प्रजातिका स्तनधारी जनावरहरूलाई संरक्षित सूचीमा राखिएको छ ?
क. २७ ख. २६ ग. ९ घ. ३
२८. तराईको जङ्गललाई के भनिन्छ ?
क. झोरा ख. पाल ग. चिमाल घ. चार कोशे झाडी
२९. शुलीगढ खोला कुन जिल्लामा पर्दछ ?
क. हुम्ला ख. मुगु ग. डोल्पा घ. जुम्ला
३०. नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?
क. नारायणी ख.राप्ती ग त्रिशूली घ कर्मनाशा
३१. बञ्जारी ताल कुन जिल्लामा पर्दछ ?
क. बारा ख. पर्सा ग. सर्लाही घ. सप्तरी
३२. विचित्र गुफा कुन जिल्लामा पर्दछ ?
क. गुल्मी ख. तनहुँ ग. कास्की घ. अर्घाखाँची
३३. रुपसे झरना कुन जिल्लामा पर्दछ ?
क. मुुस्ताङ ख. बाग्लुङ ग. लमजुङ घ. मनाङ
३४. तलका मध्ये फलामखानी कुन स्थानमा रहेको तथ्य भेटिएको छ ?
क. अन्नपुर्ण हिमाल ख. जन्तर ग. सिस्ने हिमाल घ. चोभार
३५. चिमाला भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?
क. डोल्पा ख. गोर्खा ग. हुम्ला घ. मुस्ताङ
३६. तलकामध्ये कुन दोस्रो स्तरको नदी होइन ?
क. मेची ख. कन्काई ग. कमला घ. मैनावती
३७. कन्काइ नदीलाइ भारतमा पुगेपछि के नामले चिनिन्छ ?
क. महानन्दा ख. विरिंग ग. शारदा घ. सरयु
३८. अरुण नदीको लम्बाइ कति रहेको छ ?
क. १६३ कि.मि. ख. १९० कि.मि. ग. ६० कि.मि. घ. ६२ कि.मि.
३९. वैष्णवीस्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ?
क. सेती ख. कालीगण्डकी ग. मादी घ. कोसी
४०. नेपालमा विश्वको कुल जलस्रोतको कति प्रतिशत पानी रहेको छ ?
क. २ प्रतिशत ख. ०.३ प्रतिशत ग. २.२७ प्रतिशत घ. ३ प्रतिशत
४१. दरौदी नदीको पौराणिक नाम के हो ?
क. धर्मावती ख. सूूर्यवती ग. विश्वधारा घ. रुद्रमती
४२. महाकाली नदीको उद्गम स्थल कुन हो ?
क. अपी हिमाल ख. सैपाल हिमाल ग. रोल्वालिङ हिमाल घ. व्यास हिमाल
४३. कोसी नदीका सहायक नदीहरूमध्ये सबैभन्दा पश्चिममा रहेको नदी कुन हो ?
क. सुनकोशी ख. इन्द्रावती ग. दुधकोशी घ. भोटेकोशी
४४. गण्डकी नदीको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
क. २२००० मे.वा. ख. २१००० मे.वा ग. ३२००० मे.वा. घ. ८३००० मे.वा.
४५. १ सेन्टिमिटर माटोको तह बन्न कति समय लाग्छ ?
क. १०० देखि ४०० वर्षसम्म ख. २०० देखि ५०० वर्षसम्म ग. ५०० देखि १००० वर्षसम्म घ. ४०० देखि ८०० वर्षसम्म
४६. पशुपंक्षी कुन दिइएका मध्ये कुन प्राकृतिका स्रोत हो ?
क. नवीकरणीय ख. अनवीकरणीय ग. अनन्त घ. माथिका कुनै होइन
४७. नेपालको सबैभन्दा ठुलो जिल्ला रहेको प्रदेश कुन हो ?
क. प्रदेश १ ख. प्रदेश नं ४ ग. प्रदेश नं. ६ घ. प्रदेश नं. ७
४८. लिम्पियाधारा के का लागि प्रसिद्ध छ ?
क. जलविद्युत आयोजनाका लागि ख. तिब्बतसँगको व्यापारिक मार्गका लागि
ग. पर्वतारोहणका लागि घ. भारतसँगको सिमाना विवादका लागि
४९. नेपालमा चिया खेतीको सुरुवात कहिले बाट भएको हो ?
क. वि.स. २०११ ख. वि.स २०७० ग. वि.स. २०४७ घ. वि.स. १९२०
५०. तलकामध्ये कुन अलैची उत्पादन हुने प्रमुख जिल्लामा पर्दैन ?
क. ताप्लेजुङ ख. तेह्रथुम ग. झापा घ. इलाम