यार्सागुम्बा सङ्कलकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यार्सागुम्बा सङ्कलकको मृत्यु


२४ जेष्ठ २०७६, शुक्रबार


जाजरकोट । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।

डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् ।

मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । योसँगै मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस