जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु


२३ जेष्ठ २०७६, बिहिबार


खलङ्गा । जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ ।

सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरे ।

सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताए ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस