सिडीओले सिडीओलाई गरे स्वागत र विदाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिडीओले सिडीओलाई गरे स्वागत र विदाई


२३ जेष्ठ २०७६, बिहिबार


डोटी । डोटी जिल्लामा बुधबार डोटीबाट सरुवा भई अन्यन्त्र जाने र डोटीमा सरुवा भई आउने प्रमुख जिल्ला अधिकारीलाई एकले अर्कालाई स्वागत तथा विदाई गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा डोटीबाट सरुवा भई अन्यत्र जान लागेका प्रमुख जिल्ला अधिकारी यादव सवेदी र डोटीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाली आएका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले एक अर्कालाई स्वागत विदाई गरेका छन् ।

२०७५ साल साउन ३० गते डोटीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली आएका प्रजिअ सुवेदीले डोटीको बसाई फलदाई भएको बताएका छन् । विदाई तथा स्वागत कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले १० महिने बसाई बिबाद र तनाब रहित सौहार्दपूर्ण वातावरण रहेको सबै क्षेत्रबाट सहयोग मिलेको बताए ।

डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारीको नयाँ जिम्मेवारी सम्हाल्दै आएका पौडेल डोटीमा नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । प्रजिअ सुबेदी सरुवा संगै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पौडेललाई दिएको हो । कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले डोटी जिल्लाको वस्तुस्थितीको बारेमा सबै कुरा थाहा भएकोले डोटी जिल्लाको शान्ति सुरक्षा, विकास र समृद्धिको क्षेत्रमा काम गर्न सहज हुने र सबैलाई सहयोग र सहकार्यका साथ अगाडि बढ्न आग्रह समेत गरेका थिए । प्रजिअ पौडेलले भोलीदेखि आफ्नो जिम्मेवारी समाल्ने छन् ।

समारोह कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझी, रुद्रध्वज गणका प्रमुख सेनानी रत्नकेशर खड्का, ससस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक देवराज जोशी, राष्ट्रिय अनुसन्धान डोटीका प्रमुख हरिश विस्ट, पत्रकार नागरिक समाज सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरुको सहभागीता रहेको थियो । यउटै मञ्चबाट विदाई र स्वागतको अवसर अक्सर कमै मिल्ने गरेका हुन्छन । डोटीको लागि भने यस्तो अवसर पहिलो हो ।

Tags :
प्रतिक्रिया दिनुहोस