स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ : मन्त्री बस्नेत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ : मन्त्री बस्नेत


२२ जेष्ठ २०७६, बुधबार


नेपालगञ्ज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गरे ।

“यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई सार्थक बनाउन सरकारले सरोकारवाला पक्षसँग मिलेर काम गर्ने योजनाबनाएको छ”, उनले भने । वातावरणको सुरक्षा सबैको पहिलो शर्त बन्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारले नै सबैथोक गर्छ भन्ने प्रवृत्ति भयो भने हामी कुनै पनि लक्ष्यमा नसक्ने बताए ।

यसअघि वन तथा वातावरण मन्त्रालयको अगुवाइमा नेपालगञ्जमा गरिएको प्रभातफेरीमा मन्त्री बस्नेत, मन्त्रालयका सचिव विश्वनाथ वलीलगायत सरोकारवाला पक्षको सहभागिता थियो । नेपालगञ्ज बजार क्षेत्रको परिक्रममा गरेको प्रभातफेरीमा सहभागीले वातावरण जोगाउने नारासहितको प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस