अस्पतालको सेवा अब सफ्टवेयर मार्फत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्पतालको सेवा अब सफ्टवेयर मार्फत


२२ जेष्ठ २०७६, बुधबार


जाजरकोट । जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएम आईएस) जडान गरिएको छ ।

भेरी नगरपालिकाको ६ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भने, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा सो यस्तो व्यवस्था गरिएको हो ।”

अस्पतालको चौतर्फी विकास तथा ब्यवस्थापनमा भेरी नगरपालिकाले सकृयता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस