२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ सेमिफाइनलमा

अ+ अ-

काठमाडौं । प्रदेश नं ३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

जीतसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । १५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३ दशमलव २ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए । आदिल खानले अविजित ३३, कप्तान पारस खड्काले २६ रन, रवीन जोशीले १३, प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए । बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस