६ महानगरलाई ८ अर्ब २० करोड बजेट, कुन महानगरलाई कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६ महानगरलाई ८ अर्ब २० करोड बजेट, कुन महानगरलाई कति ?


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । आर्थिक वर्ष ०७६/७७ को बजेटले ६ वटा महानगरपालिकालाई वित्तीय हस्तान्तरणका माध्यमबाट ८ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको छ ।

चालु आवमा यस्तो रकम ७ अर्ब ४९ करोड ९२ लाख थियो । आगामी आवमा चालु आवको तुलनामा ७० करोड २२ लाख रुपैयाँ (८.५६ प्रतिशत) बजेट बढेको छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आगामी आवमा धेरै रकम काठमाडौं महानगरपालिकाले पाएको छ । काठमाडौं महानगरले वित्तीय समानीकरण र सशर्त अनुदानवापत १ अर्ब ८३ करोड रुपैयाँ प्राप्त गर्दैछ । सबैभन्दा कम अनुदान भने विराटनगर महानगरपालिकामा जानेछ । तथ्यांक अनुसार यस महानगरका लागि आवमा ८५ करोड १६ लाख रुपैयाँ अनुदान छुट्याइएको छ ।

महानगरपालिकाले संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाहेक मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तशूल्कबाट बाँडफाँट हुने राजस्व समेत प्राप्त गर्छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तशूल्कःको ७० प्रतिशत राजस्व संघले राख्छ भने १५/१५ प्रतिशत स्थानीय र प्रदेशले पाउने प्रावधान छ ।

वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण र सशर्त अनुदानको रकम बजेटले तोक्छ । अन्य दुई (समपुरक र विशेष) अनुदानको रकम भने तल्ला सरकारले तोकिएको मापदण्ड पूरा गरी माग गरेको अवस्थामा मात्र केन्द्र सरकारले उपलब्ध गराउँछ ।

चालु आवमा सरकारबाट वित्तीय हस्तान्तरणका माध्यमबाट सबैभन्दा धेरै रकम पाउने महानगरपालिका पोखरा लेखनाथ थियो । क्षेत्रफलका आधारमा यो सबैभन्दा ठूलो नगरपालिका हो । यस वर्ष भने पोखरालाई काठमाडौंले उछिनेको छ ।

हेर्नुस् कुन महानगरपालिकालाई कति :

Tags :
प्रतिक्रिया दिनुहोस