अष्ट्रेलियामा पहिलो चालकविहीन रेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अष्ट्रेलियामा पहिलो चालकविहीन रेल


१२ जेष्ठ २०७६, आइतबार


सिड्नी । अष्ट्रेलियामा पहिलो चालकविहीन रेलसेवाको उद्घाटन गरिएको छ । नेपाली समय अनुसार आइतबार बिहान ७ बजेर २० मिनेटमा अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवाको उद्घाटन गरिएको हो ।

यो रेल सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्ने बताइएको छ ।

यो रेलको उद्घाटन न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले गरेकी हुन् ।

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा पुग्ने छ ।

यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ । एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७.३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको जनाइएको छ ।

उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । आज उदघाटनको दिन यो रेलले निःशुल्क सेवा दिइरहेको छ ।

सिड्नी मेट्रो रेलमा कार्यरत नेपाली इन्जिनियरहरु अर्जुन पोखरेल, शिशिर नेपाल र अनन्त कार्की पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस