सामान्य ज्ञान सम्वन्धी प्रश्न उत्तरहरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामान्य ज्ञान सम्वन्धी प्रश्न उत्तरहरु


भुवन ज्ञावाली

११ जेष्ठ २०७६, शनिबार


लोक सेवा तयारी

१. नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा सबै नेपालीको बैङ्क खाता कार्यक्रम कहिलेबाट सुरु गर्‍यो ?

     उत्तरः २०७६ बैशाख १ गते                        

२. पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ?

     उत्तरः झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ ।)

३.सन् १९२१ मा सगरमाथाको प्रथम आरोहण प्रयास कसको नेतृत्वमा भएको थियो ?

     उत्तरः कर्णेल चार्ल्स हवार्ड बरी (बेलायत)

४. सन् २०१९ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के रहेको छ ?

      उत्तरः सवैका लागि स्वास्थ्यः प्रत्येकलाई जहीँतहीँ ( सन् १९४८ अप्रितल ७ देखि मनाउन थालिएको हो।)

५. राष्ट्रिय बाघ गणना – २०१८ को तथ्याङ्क अनुसार हाल नेपालमा बाघको संख्या कति रहेको छ ?

      उत्तरः २३५ वटा (सन् २०१३ को गणनामा १९८ वटा)   

६. व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

      उत्तरः दक्षिण कोरिया

७.  “लाल चोक” कुन दरबार भित्र रहेको चोक हो ?

     उत्तरः पचपन्न झ्याले दरवार

८. काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामाकरण गरेको छ ?

     उत्तरः  नुर  सुल्तान                                             

९. ट्युरिङ अवार्ड – २०१८ बाट सम्मानीत हुने व्यक्ति को हुन् ?

     उत्तरः Geoffrey, Yann Lecun, Yoshua Bengio  (कम्प्युटर तर्फको नोवेल पुरस्कार सरह मानिन्छ)

१० . नेपाल बार एशोसिएसनका हालका अध्यक्ष को हुन् ?

    उत्तरः चण्डेश्वरर श्रेष्ठ

११. “चराई मिलन पर्व” कुन समुदायमा प्रचलित पर्व हो ?

    उत्तरः पश्चिम नेपालमा बस्ने राना थारु समुदाय

१२. “चिरै भजहर पर्व” कुन जातिसंग सम्वन्धित रहेको छ ?

    उत्तरः थारु                                  

१३. “जितलाई जसले पनि आत्मसात गर्न सक्छ भने हारलाई बहादुरले मात्र पचाउन सक्छ” । यो भनाइ कसको हो ?

    उत्तरः एडोल्फ हिटलर

१४. ४००  मिटर लामो नेपालको एक मात्र मानव निर्मित सुरुङ कसको पालामा बनाइएको थियो ?

    उत्तरः श्री ३ चन्द्रशमशेर

१५. सात पहाडहरुको शहर (City of Seven Hills) भनेर कुन सहरलाई चिनिन्छ ?

    उत्तरः रोम (इटाली)

१६. सुपारी विवाह कुन जातिमा प्रचलित छ ?

    उत्तरः धिमाल

१७. नेपालको हालको क्षेत्रफल (१,४७,१८१  व.कि.मी.) कहिले देखि कायम भएको हो ?

    उत्तरः वि.सं. २०३६ साल

१८. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

   उत्तरः सुवानन्द दास

१९. राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ ?

    उत्तरः बैशाली

२०. टंगाल दरवार कसले बनाएका हुन् ?

    उत्तरः भीमशमशेर


यो पनि पढ्नुहोस

सामान्य ज्ञान सम्बन्धी प्रश्न उत्तरहरु

लोक सेवा वस्तुगत तथा विषयगत प्रश्नोत्तर

 समसामयिक तथा सामान्यज्ञान


 

Tags :
प्रतिक्रिया दिनुहोस