लोक सेवा वस्तुगत तथा विषयगत प्रश्नोत्तर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा वस्तुगत तथा विषयगत प्रश्नोत्तर


८ जेष्ठ २०७६, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. सबै भन्दा बढी सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
– कामीरिता शेर्पा
२. विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ ?
– मे १७
३. सरकारले पाइलट प्रोजेक्टका रुपमा पहिलोचरणमा कुन ठाउँमा सार्वजनिक सवारी साधनलाई जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्ने भएको छ ?
– काठमाडौं उपत्यका
४. माथिल्लो त्रिशुली थ्रि ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा कहिले जोडिएको हो ?
– २०७६ जेठ २ गते
५. नेपालमा पहिलो पटक रोबोटले कार्यक्रम सञ्चालन कहिले ग¥यो ?
– २०७६ बैशाख २८
६. नेपाल र भियतनामबीच व्यापार, लगानी र नियमित संवादका लागि द्धिपक्षीय परामर्श संयन्त्र गठन कहिले गरिएको हो ?
– सन् २०१९ मे ११
७. नेपाल लेबर फोर्स सर्वे २०१७/१८ का अनुसार नेपालमा कति बालश्रमिक छन् ?
– २ लाख ८६ हजार
८. सरकारले कहिलेसम्म निकृष्ट प्रकारका बालश्रम उन्मुलन गर्ने लक्ष तय गरेको छ ?
– वि.स. २०७९
९. डीएनएको पूरा रुप के हो ?
– डी अक्सिक्रबोनयूक्लिक एसिड
१०. प्रधानमन्त्री केपी शर्मा ओली द्वारा दक्षिण पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण कहिले भयो ?
– वि.स. २०७६ वैशाख २६–जेठ १
११.नेपाल र कम्बोडियाबीच व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा कहिले हस्ताक्षर भएको हो ?
– वि.स. २०७६ वैशाख ३० (सन् २०१९ मे १३)
१२. प्रदेश ५ र चीनको कान्छु प्रदेशबीच द्धिपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?
–वि.स.२०७६ जेठ १
१३. प्रदेश ३ र चीनको गेन्सु प्रान्तबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा कहिले हस्ताक्षर भएको हो ?
– वि.स. २०७६ वैशाख ३०
१४. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १६६ औँ राष्ट्र कुन् हो ?
– स्ताविनी (सन्२०१९ मे ९) (यसलाई पहिले स्वाजिल्याण्ड भनिन्थ्यो । )
१५. अरुण तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?
– ९०० सय मेगावाट
१६. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कहिलेदेखि लागू भएको हो ?
– २०७४ असोज २९
१७. राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कहिले प्रमाणीकरण भएको हो ?
– वि.स. २०७५ फागुन १०

विषयगत प्रश्नोत्तर

१. नेपालको कर प्रणालीका समस्याहरु केके हुन् ?
उत्तर : कर नीति, कर कानुन, कर प्रशासन तथा कर संरचनाको एकीकृत रुप कर प्रणली हो । नेपालको कर प्रणाली यिनै विषयक्बस्तुमा केन्द्रित छ र समस्या पनि यिनै विषयसँग सम्बन्धित छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

  •  करनीति स्थिर तथा अनुमानयोग्य हुन नसक्नु,
  • कर कानुन सरल एवं पारदर्शी हुन नसक्नु,
  •  कर कानुनको पूर्ण पालना हुन नसक्नु,
  •  कर प्रशासन जिम्मेवार, जवाफदेही, पारदर्शी, आधुनकि, करदातामैत्री एवं उच्च मनोबलयुक्त हुन नसकनु,
  •  कर प्रशासनसँग सम्बन्धित निकाय जस्तैः भन्सार, आन्तरिक राजस्व तथा राजस्व अनुसन्धान कार्यालयबीच पर्याप्त समन्वय हुन नसक्नु,
  •  कर चुहावट नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसक्नु,
  •  नेपाल र भारतबीचको खुला सिमाना व्यवस्थित हुन नसक्नु, जसले गर्दा राजस्व चुहावट निरन्तर बढ्दै जानु,
  •  राजस्व आयात व्यापारमा आधारित हुनु,
  •  राजस्वमा प्रत्यक्ष करको अंश कम हुनु,
  •  मूल्य अभिवृद्धि कर खुद्रा तहसम्म पूर्णरुपमा कार्यान्वयन हुन नसक्नु,
  •  करदातामा सहजरुपमा कर तिर्ने प्रवृत्तिको विकास हुन नसक्नु,
  •  उपभोक्ता कर साक्षर एवं जागरुक हुन नसक्नु,
  •  कर परीक्षण एवं अनुसन्धान कार्य उदेश्यमूलक हुन नसक्नु,
  •  राजस्वको सही सदुपयोग प्रत्याभूति दिन नसक्नु ।

२. गाउँपालिका तथा नगरपालिकाले योजना बनाउँदा के कस्ता विषयलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : गाउँपालिका तथा नगरपालिकाले योजना बनाउँदा देहायका विषयलाई प्राथमिकता दिनुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको छ :
– आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने,
– उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सहिने,
– जनताको जीवनस्तर , आम्दानी र राजगारी बढ्ने,
– स्थानीय बासिन्दाको सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,
– स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने,
– महिला बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
– लैङ्गिक समानता र समाजिक समावेशीकरण अभिवृद्धि हुने,
– दिगो विकास, वातावरण संरक्षण तथा संवद्र्धन गर्न सघाउ पु¥याउने,
– भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने ।


-गोरखापत्र 

Tags :
प्रतिक्रिया दिनुहोस