नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई


९ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्द बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगट ट्विटरबाट मोदीलाई बधाई दिँदै आगामी दिनमा आपसमा नजिक रहेर काम गर्ने बताएका हुन् ।

मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई लोकसभा चुनाव २०१९ मा प्राप्त गरेको चुनावी जीतका लागि बधाई दिन्छु’, ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आगामी दिनमा सफलताको कामना गर्छु । निकट सम्बन्धमा रहेर काम अघि बढाउन प्रतीक्षारत छु ।’

बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४९ स्थानमा अग्रता कायम गरेको छ । विपक्षी कांग्रेस सम्मिलित गठबन्धनले ९२ सिटमा अग्रता लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस