सगरमाथाको उचाइ नाप्ने कर्मचारीको टोली चुचुरोमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सगरमाथाको उचाइ नाप्ने कर्मचारीको टोली चुचुरोमा


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेको छ। बुधबार बिहान ३ बजेर १५ मिनेटमा टोली सगरमाथाको शिखरमा पुगेको बताइएको छ।

टोलीमा टिम लिडर प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक एवं माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा छन् भने बेसक्याम्प संयोजनमा सर्भेक्षक सुरजसिह भण्डारी र अमिन युवराज धिताल छन् ।

टोलीले आधा घण्टासम्म चुचुरोमा बसेर अब्जरभेसन गरि विशेष यन्त्र मार्फत सगरमाथाको उचाईको रेकर्ड गरेको छ ।

टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङजाङ्बु शेर्पालगायतले शिखरमा पुगेर ‘जिएनएनएस जिपिएस सेट’ गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस