त्रिशुलीमा बस खस्दा पाँचको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

त्रिशुलीमा बस खस्दा पाँचको मृत्यु


५ जेष्ठ २०७६, आइतबार


धादिङ । धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ ।

अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस