शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका विभिन्न स्थान परिक्रमा गराइएको हो ।

नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति छ ।

बग्गीको सवारीअघि उनको घरमा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पनि उनलाई हस्तान्तरण गरिएको थियो ।

बग्गीमा सवारी गराउनका लागि जोशीलाई लिन मेयर चिरीबाबु महर्जन उनकै घरमै पुगेका थिए ।

इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदा नै दिइएको छ । ललितपुर महानगरले उनको सम्मानमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाउने घोषणा समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस