७ वर्षीया बालिका बलात्कार गरेर फरार व्यक्ति पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७ वर्षीया बालिका बलात्कार गरेर फरार व्यक्ति पक्राउ


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


बलात्कार

काठमाडौं–७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । बानेश्वरस्थित मिलिजुली चोकमा सात वर्षीया बालिकाको बलात्कार गरी फरार रहेका भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले बेलौरीबाट सोमबार पक्राउ गरेको हो ।

उजुरीपछि प्रहरीले अभियुक्त खरेलको फोन नम्बरमार्फत उनलाई निगरानी राखेको थियो । त्यही निगरानीका आधारमा अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका भगौडा सिपाही समेत रहेका उनी प्रहरीमा उजुरी परेपछि भारततर्फ भाग्न खोजेको प्रहरीको अनुमान छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस