पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


काठमाडौं । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । ।

साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो ।

यो मौसमी प्रणाली मध्य र पूर्वतिर सर्ने क्रममा रहेको र अहिले मध्य क्षेत्रमा असर देखिएको महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिए । यो मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ ।

पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्को मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले प्रक्षेपण गरेको छ । यो मौसमी प्रणाली पश्चिमको तुलनामा पूर्वमा बढी प्रभाव देखिने उनले बताए ।

महाशाखले तीन दिनको मौसमी अवस्थाका बारेमा जानकारी दिँदै भोलि पनि मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै जेठ १ गते पनि देशभरीको मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस