लोक सेवाद्वारा २५ जना उपसचिव सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवाद्वारा २५ जना उपसचिव सिफारिस


प्रशासन विशेष ब्युरो

३० बैशाख २०७६, सोमबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले २५ जना उपसचिवलाई स्थायी नियुक्त्तिका लागि सिफारिस गरेको छ ।

उपसचिव(राजपत्रांकित द्वितीय श्रेणी)का लागि इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्तांकको आधारमा नेपाल न्याय सेवा अन्तर्गत न्याय समूहतर्फबाट १७ र सोही सेवाको कानुन समूहतर्फबाट ८ जना गरी २५ जनालाई योग्यताक्रम अनुसार स्थायी नियुक्त्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६६५८/२०७५-०७६ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह र १६६५९/२०७५-०७६(आ.प्र.), नेपाल न्याय सेवा, कानुन समूह, राजपत्रांकित द्वितीय श्रेणी(अप्रा) उपसचिव वा सो सरह पदको लागि कानुन समूहतर्फ ८ र न्याय समूहतर्फ १७ जना मागिएको थियो ।

हेर्नुहोस् सूची

न्याय समूह

कानुन समूह

 

Tags :
प्रतिक्रिया दिनुहोस