काठमाडौं । पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो ।
शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।
हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ ।
घटनास्थलबाट एक मोबाइल फोन फेला पारेको प्रहरीले जनाएको छ ।
किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।