आइपीएल : चेन्नाईलाई एक रनले हराउँदै मुम्बईले जित्यो उपाधी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइपीएल : चेन्नाईलाई एक रनले हराउँदै मुम्बईले जित्यो उपाधी


३० बैशाख २०७६, सोमबार


काठमाडौं । आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बईले चौथो पटक आईपीएलको उपाधि जितेको हो ।

खेल हैदरावादको राजीव गान्धी स्टेडियममा भएको थियो । पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनायो ।

मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन रोहित शर्मा र सूर्यकुमार यादवले समान १५–१५ रन बनाए । बलिङतर्फ दीपक चहरले तीन विकेट तथा शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए ।

चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ८० रन, फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक–एक विकेट लिए ।

कप्तान महेन्द्रसिंह धोनीलाई इशान किसनले १३ औं ओभरमा २ रनमा रनआउट गरे । यस्तै शेन वाटसन ५९ बलमा ८० रन बनाएपछि अन्तिम ओभरको चौथो बलमा रनआउट भए । चेन्नाईले अन्तिम २ बलमा चार रन बनाउन नसके पछि मुम्बईले जित हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस