२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी र निजी अस्पतालमा पनि श्रम अडिट गरिने : मन्त्री विष्ट

अ+ अ-

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी र निजी दुवै अस्पताल तथा क्लिनकमा एक महीना १५ दिनभित्र श्रम अडिट गरिने बताएका छन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ संघद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती क्षेत्रमा सेवारत नर्स, स्वास्थ्यकर्मी तथा अन्य श्रमिकले श्रम ऐनले निर्धारण गरेका सेवा पाए/नपाएका बारेमा जानकारी लिन र नदिने अस्पताललाई कारवाहीको दायरामा ल्याउन सो कार्य गर्न लागिएको जानकारी गराए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म देशका २१३ प्रतिष्ठानमा श्रम अडिट सम्पन्न गरेको छ । मन्त्री विष्टले स्वास्थ्य क्षेत्रमा श्रम ऐनले निर्धारण गरे अनुसारको न्यूनतम सेवा सुविधा नपाउनु दूर्भाग्यको विषय रहेको चर्चा गर्दै यसलाई अन्त्य गर्न श्रम अडिटले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी दिनमा सबै क्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने जानकारी दिँदै उनले श्रमिकले पाउने पारिश्रमिक उनीहरुको बैङ्क खातामार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरे व्यवस्था मिलाइएको बताए ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा करीब ८७ हजार नर्स छन् । ती मध्ये सरकारी सेवामा करीब आठ हजार नर्स सेवारत रहेका बताइन्छ । अर्कोतर्फ एक सामुदायिक विद्यालय एक नर्स कार्यक्रम सरकारले कार्यान्वयन शुरु गरेको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पपछि खोज, उद्धार तथा उपचारका क्षेत्रमा नेपाली नर्सले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र संघले नेपाल नर्सिङ संघलाई हालै पुरस्कृतसमेत गरेको थियो ।

अझै पनि केही निजी तथा सरकारी अस्पतालले नर्सिङ काउन्सिल अनुमति (लाइसेन्स) प्राप्त नर्सलाई प्रशिक्षार्थी नर्सका रुपमा काम लगाउने प्रचलन अन्त्य नहुँदा आफूहरु श्रम शोषणमा परेको गुनासो नर्सको रहेको छ । कार्यक्रममा संघका अध्यक्ष प्रा तारा पोखरलेले प्रश्न गरे’रु २० लाख खर्च गरेर नर्सिङ विषयमा स्नातक हुने, तलब ५ हजार पाउने ?’

उनका अनुसार पोखरास्थित सरकारी प्रादेशिक अस्पतालले प्रशिक्षार्थी नर्सका रुपमा काम लगाइरहेको छ । अध्यक्ष पोखरेलले कर्मचारी समायोजनमा सरकारी नर्सका माग सम्बोधन नभएका, चिकित्सक र नर्सको भर्ना प्रक्रियामा विभेद गरिएको, एक नर्सले कति बिरामीको हेरचाह गर्नुपर्ने हो मापदण्ड तयार नभएको तथा स्वास्थ्य चौकीका कार्यरत अनमीलाई प्रमुख जिम्मेवारी नदिइएको गुनासो कार्यक्रममा राखे ।

प्रतिक्रिया दिनुहोस