मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू : देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू : देउवा


२९ बैशाख २०७६, आइतबार


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गराएको पत्रकारहरूलाई आचारसंहिता उल्लंघनमै दस लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितकको विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले यो ‘कू’ को प्रतिवाद गर्ने बताए।

‘यस्तो पनि हुन्छ ? लेख्न पनि नपाउने बोल्न पनि नपाउने’,उनले भने,‘ कांग्रेसको पहिलो शर्तनै अभिव्यक्ति स्वतन्त्रतता हो।’

यसैगरी, सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ।

मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस